Logo

बझाङमा दुई पटक भूकम्पको धक्का महसुस



काठमाडौं, असार १ । बझाङमा पाँच मिनेटको फरकमा दुई पटक भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार राती ११ बजेर २५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रबिन्दु भई ३ दशमलव ७ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो।

त्यसको पाँच मिनेटपछि सोही ठाउँ केन्द्रबिन्दु बनाई ११ बजेर ३० मिनेटको समयमा ३ दशमलव ६ रेक्टर स्केलको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम बढी रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot