Logo

दक्षिण अफ्रिकाद्वारा ११६ रनको लक्ष्य प्रस्तुत, भुर्तेलले लिए चार विकेट



काठमाडौं, असार १ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी– २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो ।

टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हाने ।

कुशल भुर्तेलले पनि ४ विकेट लिएका छन् । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए उनले चार ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले चार ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट लिन भने सकेनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot