Logo

विश्वकप क्रिकेटः प्रतियोगिताबाट बाहिरियो पाकिस्तान, अमेरिका ‘सुपर-८’ प्रवेश,



काठमाडौं, असार १ । अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामै आयोजक अमेरिका समूह ए बाट भारतसँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

अमेरिका र आयरल्यान्डबीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो । दुवै टोलीले अंक बाँडेपछि साविक उपविजेता पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आफ्नो पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तान यसपटक दोस्रो चरणमा नपुगी घर फर्किने भएको हो ।समूह ए मा भारत ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । अमेरिकाको यो नतिजा पछि ४ खेलमा ५ अंक पुगेको छ । पाकिस्तानको भने ३ खेलमा २ अंक मात्र रहेको छ ।

आफ्नो अन्तिम खेलमा जित हासिल गरेपनि पाकिस्तानले अमेरिकाको अंक संख्या पुर्‍याउन सक्ने छैन । यस्तै क्यानाडाको पनि ३ खेलमा २ अंक रहेको छ भने आयरल्यान्डको ३ खेलमा शून्य अंक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot