Logo

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध आसिफ शेखले पाए जीवनदान



काठमाडौं, असार १ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाली ओपनिङ ब्याटर आसिफ शेखले जीवनदान पाएका छन् ।

उनले दोस्रो ओभरको पाँचौं बलमा ए रनमा जीवनदान पाएका हुन् । कागिसो रबाडाको ओभरमा उनले नै सजिलो क्याच पक्रन नसकेका हुन् । त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको छ ।

उसका लागि ओपनिङ ब्याटर रीजा हेन्ड्रिक्सले ४९ बलमा एक छक्का र पाँचौं चौकासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडन मार्कमले १५ र क्विन्टन डिककले १० रन जोडे । नेपालका लागि अलराउन्डर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे ।

भुर्तेलले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण चार विकेट लिए । उनले कप्तान एडन मार्कम, हेनरिक क्लासेन, मार्को यान्सन र कागिसो रबाडाको विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । उनले कप्तान एडन मार्कम, रीजा हेन्ड्रिक्स र डेविड मिलरको विकेट हात पारेका हुन् ।

नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गरिरहेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot