Logo

पावर प्लेमा नेपालको राम्रो सुरुआत, बनायो ३२ रन



काठमाडौं, असार १ । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ पावर प्लेमा नेपालले राम्रो सुरुआत गरेको छ ।

शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६ ओभरको खेल समाप्त हुँदा विकेट नगुमाई ३२ रन बनाएको छ । हाल क्रिजमा नेपालका आसिफ सेख १४ र कुशल भुर्तेल १२ रनमा खेलिरहेका छन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot