Logo

राष्ट्रपति पौडेल स्वागत समारोहमा भए सरिक



काठमाडौं, असार १ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली राजदूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन्। सो अवसरमा राष्ट्रपति पौडेललाई स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गरेका हुन्। सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराए।

साथै स्वीटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ। समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीट्जरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीवार मूख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए।

उनी मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot