Logo

अन्तिम दुई बलमा रन जोड्न नसक्दा नेपाल १ रनले पराजित



काठमाडौं, असार १ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको बलियो प्रतिद्वन्द्वी मध्येको एक दक्षिण अफ्रिकासँग पहिलो पटक सामना गर्दा अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा १ रनले पराजित भएको छ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट स्थित आर्नोस भाले रङ्गशालामा भर्खरै सम्पन्न दक्षिण अफ्रिकासँगको खेलमा प्रतिद्वन्द्वीसँग नेपालको १ रनले चुकेको ेहो ।

नेपालले सुरुमा कसिकसाउ बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो। नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । अन्तिम दुई बलमा रन जोड्न नसक्दा ऐतिहासिक विजयको नजिक भएर पनि नेपाल पराजित भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot