Logo

एमाले–माओवादीबीच फेरि एकता सम्भव छ र हुनुपर्छ : वामदेव गौतम (भिडिओसहित)



काठमाडौं, १ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता सम्भव रहेको र हुनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले एमाले र माओवादीमात्रै नभएर माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पनि एकतामा आउनुपर्नेमा जोड दिए ।

माधव नेपालले त अब एमालेसँग कुनैपनि हालतमा एकता गर्दिनँ भन्नुभएको छ नि भनेर सोधिएको प्रश्नमा उनले भने–‘माधवकुमार नेपालले घोषणा गरेर हुन्न, उहाँले कति घोषणा गर्नुभयो भयो, उहाँले घोषणा गरेका कुरा कति लागु भए ? कति भएनन् ? त्यो कुरा छोडिदिनुहोस । उहाँहरुको नाभी जोडिएको सम्बन्ध छ । केपी ओलीलाई तपाईंको माधव नेपालसँग के हो सम्बन्ध भनेर सोध्नुहोस त, उहाँले हामी झगडा पनि गरेर बस्ने, रोएर र हाँसेर पनि सँगै बस्नेसक्ने त्यस्तो साथीहरु हौं । र, अत्यन्तै दुःख र कष्टमा, आज मर्ने कि भोलि मर्ने भन्ने बेलाका दुःखका साथी हौं भन्नुभएको छ । त्यस्तो मित्रता भएको साथी, अहिले वा सधैं त्यस्तो भैरहन्छ ? एमाले, माओवादी र एकीकृत समाजवादीसँगै अरु पनि सँगै आउनुपर्छ । नआउने कम्युनिष्टहरु लाखापाखा लाग्छन्, सिद्दिन्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot