काठमाडौं, १ असार । नेकपा (एमाले) को संसदीय दलको बैठक केहीबेरमा सुरु हुने भएको छ । अध्यक्ष तथा दलका नेता केपी शर्मा ओली पार्टीको कार्यक्रममा सहभागी हुन ललितपुर पुगेको र आउन ढिला भएको कारण संसदीय दलको बैठक सुरु हुन ढिला भएको हो ।
एमाले संसदीय दलकी सचेतक सुनिता बरालले अब केहीबेरमा नै बैठक सुरु हुने जानकारी दिईन् । एमाले सांसदहरु बैठक हल, संसद् भवनको ल्होत्से हलमा भेला भैसकेका छन् । बैठकमा अध्यक्ष ओलीले समसामयिक विषयमा धारणा राख्ने जनाईएको छ । file photo