Logo

भारतीय प्रधानमन्त्री मोदीले २० हजार करोडको किसान योजना घोषणा गर्दै



काठमाडौं, असार २ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महत्वकांक्षी किसान योजना घोषणा गर्दै छन्। आगामी मंगलबार वाराणासीबाट मोदीले प्रधानमन्त्री किसान सम्मान योजना अर्थात् पिएम-किसान निधि योजना अन्तर्गत् २० हजार करोडको योजना घोषणा गर्न लागेका हुन् ।

पिएम–किसान योजनाको १७औँ किस्ता जारी गरेपछि मोदीले ३० हजार भन्दा बढी स्व-सहायता समूहहरूलाई कृषि सखीहरूका रूपमा प्रमाणपत्र प्रदान गर्ने छन् ।

यो कार्यक्रम उत्तर प्रदेश सरकारको समन्वयमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रालयले आयोजना गर्नेछ । प्रधानमन्त्री मोदीले गत सोमबार प्रधानमन्त्री किसान निधिको १७औँ किस्ता जारी गर्ने अधिकार दिएर आफ्नो तेस्रो कार्यकालको सुरुआत गरेका थिए। यसको लक्ष्य नौ करोड ३० लाख किसानलाई फाइदा पुर्‍याउने र करिब २० हजार करोड रुपैयाँ वितरण गर्ने रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot