Logo

उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु



काठमाडौं, असार २ । भातरको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार पर्यटकहरू चोप्ता जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको अस्पतालमा मृत्यु भएको हो । एजेन्सीका अनुसार सडकबाट चिप्लिएको टेम्पो करिब दुई मिटर खोलामा खसेको थियो । मृतकमध्ये अझै तीन जनाको सनाखत हुनै बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot