Logo

प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं, असार २ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। गएको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ४२ हजार एकसय रूपैयाँ निर्धारण गरिएको छ। चाँदी आज प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot