Logo

आइसिसी विश्वकप : नेपाललाई एकपछि अर्को गर्दै पाँच सफलता



काठमाडौं, असार ३ । आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पाँच विकेट हात लागेको छ । सन्दीप लामिछानेको ओभरमा गुलसन झालले रन आउट गरेपछि नेपाललाई पाँचौ विकेट हात लागेको हो ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो। आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पाँच विकेट हात लागेको छ । सन्दीप लामिछानेको ओभरमा गुलसन झालले रन आउट गरेपछि नेपाललाई पाँचौ विकेट हात लागेको हो ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपालका सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका छन्। उनले पहिलो बलमै बङ्गलादेशका तान्जिद हसलाई शून्य रनमा आउट गरेका हुन्।

त्यस्तै, नेपालका दीपेन्द्रसिंह ऐरीले बङ्गलादेशका क्याप्टेन नजमुल हुसेन स्यान्टोलाई आउट गरेका छन्। उनलाई ४ रनर्मै पभेलियन फर्काइएको छ । नेपालका लागि तेस्रो विकेट सोमपाल कामीले लिए भने नेपालका लागि चौथो विकेट कप्तान राहित पौडेलले लिएका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot