Logo

टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको १ सय विकेट पूरा, बंगलादेशविरुद्ध लिए आठौं विकेट



काठमाडौं, असार ३ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा सन्दीप लामिछानेले बंगलादेशको आठौं विकेट लिएका छन्। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा जारी खेलमा सन्दीपले बंगलादेशका जाकिर अलीको विकेट लिएका हुन्।

१५.२ ओभरमा बंगलादेशका अलिलाई आउट गराएसँगै टी २० अन्तराष्ट्रिय खेलमा लामिछानेले १०० विकेट पुर्‍याएका हुन्। १३.२ ओभरमा लामिछानेले तन्जिम हसन साकिब आउट गराए। उनी ५ बलमा ३ रन बनाएर बाहिरिए। १३.१ ओभरमा बंगलादेशले रिम्भु अपिल गरेपछि लामिछानेले विकेट नलिएको रेफ्रिले जानकारी गराएका थिए। त्यस अगाडि ११.४ ओभरमा हसनलाई आउट गराएर नेपाललाई रोहितकुमार पौडेलले छैटौं सफलता दिलाएका हुन्। उनी २२ बलमा १७ रन बनाएर पेभेलियन फर्किए।

यस अगाडि सन्दीप लामिछानेको बलमा उनलाई गुलशान झाले महमुदुल्लाहलाई रन आउट गराएका हु्न्। त्यसैगरी रोहितकुमार पौडेलको बलमा सन्दीप लामिछानेले तौहिद हृदयलाई क्याच आउट गराएका थिए। त्यस अगाडि सोमपाल कामीको बलमा लिटन दासलाई आशिफ शेखले क्याच आउट गराए।दीपेन्द्र सिंह ऐरीले नाजमुल हसिन सान्तोलाई बोल्ट आउट गरेका थिए। सोमपालले पहिलो बलमै ओपनर तान्जिब हसनलाई पेभिलियन फर्काएका थिए। टस हारेर ब्याटिङ गरेको बंगलादेशले १२ ओभरमा ६ विकेटको क्षतिमा ६३ रन बनाएर खेलिरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot