Logo

चट्याङ्ग लागेर प्रधानाध्यापकको मृत्यु



काठमाडौं, असार ३ । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ । उनी स्थानीय जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घरमै बसिरहेको बेला गएराति ८ बजेतिर परेको चट्याङ्ग लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा राति १० बजेतिर मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot