Logo

कपनबाट ६ किलो सुन र लाखौँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ



काठमाडौं, असार ३। तस्करीका लागि तयारी अवस्थामा रहेको ६ किलो सुन सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)का अनुसार विमानस्थलबाट सुन तस्करी गर्ने गिरोह खोज्ने क्रममा राजधानीको कपनबार आइतबार राती पक्राउ गरिएका नागरिकबाट अन्य व्यक्तिहरुको पहिचान खुलाउन भन्दै उनको पहिचान खुलाएको छैन।

सिआइबी अहिले सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धानको क्रममा चिनियाँ नागरिकसम्म पुगेको हो। करिब ६१ किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानको क्रममा सिआइबीले अनुसन्धानमा १८ जनालाई पक्राउ गरी संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका चिनियाँसहित सुनका ६ बिस्कुट बरामद भएको र त्यसको परीक्षण भने हुनै बाँकी रहेको छ। उनको साथबाट लाखौ रुपैयाँ नगदसमेत बरामद गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot