Logo

तोलामा ६००रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं, असार ३ । साताको दोस्रो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको तोलामा ६०० रुपैयाँ घटेर प्रतितोला १ लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot