Logo

बीआरआई ऋणको रूपमा स्विकार गर्दैनौं, अनुदान भएपनि संसद्मा छलफल हुनुपर्छ : मनिष सुमन



काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता मनिष सुमनले चीनबाट अनुदान लिँदापनि नेपालमा पर्याप्त छलफल हुनुपर्ने माग गरे । रिपोर्टर्स क्लब नेपालले आज (सोमबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले नेपालले विदेशी ऋण थेग्नै नसक्ने टिप्पणी गरेका हुन् ।

उनले भने,‘जसपा, नेपालले सधैं प्रष्ट छ–हाम्रो देशले ऋण थेग्न सक्दैन् । विदेशी ऋण अन्तर्राष्ट्रिय बजारमा १ प्रतिशत पनि ०.५ प्रतिशत पनि धेरै महँगो दर हो । हाम्रो विकासको लागि अनुदान दिँदापनि अब छलफ हुनुपर्छ । बिआरआई स्विकार गर्दापनि संसद्मा प्रशस्त छलफल हुनुपर्दछ । एमसिसिको बारेमा संसद्मा छलफल भएको थियो । अनुदान भएमात्रै पनि छलफल हुनुपर्छ । ऋण भए त स्विकार गर्दैनौं ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा नेपाल सरकारले पर्याप्त छलफल नगरेको भन्दै जनताले त्यसको जवाफ माग्नुपर्ने उनको माग छ । उनले भने,‘जसपा, नेपाललाई बिआरआई ऋणको रूपमा कदापी स्विकार्य छैन् । अनुदान भएपनि बृहत्त छलफल गरौं । बिआरआई देशको लागि राष्ट्रघाती हो । नेपाली जनता र सन्ततिको लागि लादिएको कर्जा हो । त्यो अनिष्ट कार्य जसपा, नेपाल स्विकार गर्न सक्दैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot