Logo

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?



काठमाडौं, असार ४ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot