Logo

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची



काठमाडौं, असार ४ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै बैठकमा सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङ, राप्रपाकै रोशन कार्की, राजेन्द्रप्रसाद लिङदेन लगायत सांसदहरूले पनि विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

आज गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot