Logo

सदनमा राप्रपाको कटाक्ष: रास्वपाका मन्त्रीले राजीनामा खल्तीमा बोकेर हिँड्नुपर्ने यो कस्तो बजेट ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले बजेट सार्वजनिक भएपछि सत्तारुढ दलभित्रै असन्तुष्टि बढेको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँड्नुपर्ने गरि बजेट आएको टिप्पणी गरे । उनले ठूला राजनीतिक दलका ठूला नेताको जिल्लालाई केन्द्रीत गरेर आएको बजेटले कुनैपनि परिवर्तन ल्याउन नसक्ने प्रष्ट पारे ।

उनले भने,‘बजेटको बारेमा सरकार बनाउने ठूलो पार्टी पनि विरोधमा छ । रविजीको पार्टी राजीनामाको मिति लेख्नबाहेक खल्तीमा बोकेर हिँडेको आइरहेको छ ? यो कस्तो बजेट ? योभन्दा पहिलाको सरकारले ४ वटा जिल्लामा ३५ प्रतिशत बजेट हालेको थियो । अहिलेको सरकारले नेताहरूको मात्रै होइन मन्त्रीहरूले पनि पुग्दो मात्रामा हालेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot