Logo

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेस सांसद पौडेलको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत, राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनी भ्रमणबारे जानकारी गराउन माग गरेका हुन् ।

उनले भने, ‘अहिले राष्ट्रपति जर्मनको भ्रमणमा हुनुहुन्छ, केही समयअघि भारत भ्रमण सकेर स्वदेश फर्कनुभो। उहाँ फर्किएपछि संसदको बैठक ६ पटक बसिसक्यो। तर, यी दुवै भ्रमणको बारेमा संसदलाई जानकारी गराइएको छैन। राष्ट्रध्याक्ष र सरकार प्रमुखले गर्ने सन्दर्भमा संसदलाई जानकारी गराउने परम्परा अन्त्य नगरियोस्।



प्रतिक्रिया दिनुहोस्

Screenshot