Logo

चिनियाँ ऋण लिनुहुँदैन् : रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, ४ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले चीनको बीआरआई ऋण नभएर अनुदान हो भनेमात्रै लिनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।

उनले नेपालमा अमेरिकाले बिना शर्त सहयोग गरेझैं अरु देशले पनि ऋण नभएर अनुदानमा सहयोग गरेमात्रै लिनुपर्ने बताएका छन् । चीनको विभिन्न शर्तसहितका ऋण नेपालले लिन नहुने आफ्नो पार्टीको अडान रहेको खतिवडाको भनाई छ ।

उनले भने,‘चिनियाँ ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, ऋण तिर्न सकिएन । भैरहवा विमानस्थल बन्यो, त्योपनि ऋण तिर्न सकिएन । एउटा प्लेन चल्दैन् । हेर्नुहोस त कस्तो दुर्भाग्य हो ? अनुत्पादन क्षेत्रमा लगानी गर्दा फाईदा हुँदैन् ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot