Logo

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह



काठमाडौँ, ४ असार । राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत चुरेवासीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले मधेसवासीहरु चुरे बचाउः तथा खानेपानीको माग राख्दै धर्नामा बसिरहेको उल्लेख गर्दे उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराए ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेसवासी पानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना बसे पनि खानेपानीको विषयमा र चुरे दोहन नियन्त्रणका लागि सरकार गम्भीर नरहेकामा असन्तुष्टि जनाए । “चुरे दोहनका कारण मधेसमा खानेपानीको अभाव भइरहेको, यसमा सरकारको ध्यान जाओस,” उनले भने ।

सांसद किरणबाबु श्रेष्ठले सरकारी कर्मचारीहरु न्यून तलबमा काम गरिरहेको उल्लेख गर्दै यस वर्ष पनि तलब नबढेकोमा असन्तुष्टि जनाए । सांसद पदमबहादुर परियारले स्वास्थ्य बीमा कार्यक्रम सफल भए पनि तर बीमा गराउने कर्मचारीले प्रोत्साहन रकम पाउन नसकेको गुनासो गरे । सांसद रुक्मिणी कोइराला ताप्लेजुङमा बाढीपहिरोको कारण मुत्यु भएका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन माग गरिन् ।

सांसद रेणु चन्दले कर्मचारीहरुलाई अतिरिक्त काम गरेबापत प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिए । सांसद विष्णुकुमारी सापकोटाले विगत १२ दिनदेखि छोरीको न्यायको खोजीमा अनशनरत रुवी खानको जीवनरक्षाको माग गरिन् । रासस/file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot