Logo

झलनाथलगत्तै प्रभु साहसँग प्रधानमन्त्री दाहालको छलफल



काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक भेटवार्तामा व्यस्त बनेका छन् । भारत भ्रमणबाट फर्किएपछि पहिलोपटक आज (बुधबार) नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका छन् । खनालले प्रधानमन्त्री दाहालसँग सत्ता गठबन्धन बलियो बनाउने विषयमा राय तथा सल्लाह दिँदै आएका छन् ।

प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पूनर्गठनको तयारी थालेकै बेलामा एकीकृत समाजवादीका नेता खनालसँग भेट गरेका हुन् । खनाल सम्मलित दल महाधिवेशनको तयारीमा छ । यसपटक खनालले पार्टी नेतृत्वमा आउने इच्छा देखाएका छन् । उनी अध्यक्षमा माधव कुमार नेपालसँग भिड्नेगरि अघि बढेका छन् ।

खनालसँगको भेटपछि प्रधानमन्त्री दाहाल आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग भेटवार्तामा व्यस्त छन् । खनाल बाहिरिएसँगै प्रभु साह प्रधानमन्त्री दाहालको च्याम्बरमा प्रवेश गरेका हुन् । पछिल्लो समय प्रभु साह नेतृत्वको आजपा विभिन्न मागसहित आन्दोलनमा छ । साहसँग के विषयमा छलफल भएको भन्ने खुलाईएको छैन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने साहको राम्रो सम्बन्ध छैन् । file photo



प्रतिक्रिया दिनुहोस्