Logo

रास्वपाका मन्त्रीलाई सत्तारुढ सांसदको सुझाव: राजीनामा खल्तीमा बोकेर नहिँड्नुस्, काम गरेर देखाउनुस्



काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेका मन्त्रीहरुले खल्तीमा राजीनामा बोकेर डिँड्न नसुहाउने बताएकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ठाकुरले केही गछौं भनेर राजनीतिमा आएका हरुले राजीनामा गोजीमा बोकेर हिँडन नसुहाउने बताईन् । रास्वपाबाट हाल ४ जना मन्त्री छन् । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपा संसदीय दलका उपनेतासमेत रहेका युवा तथा खेलकुदमन्त्री वीराजभक्त श्रेष्ठले मितीमात्र लेख्न बाँकी रहेको र राजीनामा पत्र गोजीमा हालेर काम गरिरहेको बताएका थिए ।

उनले भनिन्, ‘यदि हामी मन्त्रिपरिषद्‌मा छौँ भने राजीनामा लिएर नहिँडौँ । मन्त्री भएर बसौँ । राम्रो काम गरौँ । काम राम्रो गर्नु छैन भने राजीनामा दिएर निस्कौँ । खल्तीमा राजीनामा लिएर नहिँडौँ । कोही मन्त्री होस् । कुनै पार्टीको मन्त्री होस् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot