Logo

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा योगाभ्यास कार्यक्रम (फोटोफिचर)



काठमाडौं, असार ५ । नेपाल प्रहरीले १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर योगाभ्यास कार्यक्रमको आयोजना गरेको छ । पतंजली योग समिति नेपालको सहकार्य तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा आज प्रहरी प्रधान कार्यालयमा भएको योगाभ्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत सहभागी रहेका थिए ।

त्यस्तै, कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारीको सहभागिता रहेको थियो ।

हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्