Logo

आज पनि सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं, असार ५ । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot