Logo

दुग्ध किसानहरुमाथिको धरपकडविरुद्ध एमालेको आपत्ति, तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग



काठमाडौं, ५ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले वक्यौता भुक्तानीको माग गर्दै प्रदर्शनमा होमिएका दुध किसानहरुमाथि धरपकड भएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको विशेष समयलाई सम्बोधन गर्दै उनले जायज माग लिएर प्रदर्शनमा होमिएका किसानमाथि अमर्यादित व्यवहार गरी धरपकड भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले किसानहरुले दुधको मूल्य नपाउँदा पीडित बन्नुपरेको, बैंकको ऋण तिर्न नसकेको र उनीहरुको दैनिक जीवन नै प्रभावित हुने अवस्था आएको बताए । सरकारले तत्काल वार्ताको माध्यमबाट किसानहरुले पाउनुपर्ने वक्यौता भुक्तानी गर्ने वातावरण मिलाइनुपर्ने उनको माग छ ।

‘राज्यको तर्फबाट र राज्यले वातावरण बनादिएर निजी डेरीको तर्फबाट दुधको भुक्तानी बक्यौता अविलम्ब प्राप्त होस् । भुक्तानी गरियोस् । यसको लागि म जोडदार माग गर्न चाहन्छ । हामीलाई थाहा छ, यो आज भर्खरको समस्या होईन । यो ६÷७ महिनादेखि किसानहरुले दुधको भुक्तानी पाएका छैनन्,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot