Logo

क्रसर उद्योगीहरुको आन्दोलनमा सांसद मेटमणि चौधरीको ऐक्यबद्धता, प्रधानमन्त्री र गृहमन्त्रीमाथि गम्भीर आरोप



काठमाडौं, ५ असार । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर उद्योगलाई मापदण्डअनुसार नवीकरणको व्यवस्था गर्न सरकारलाई सभामुखबाट रुलिङको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो माग गरेका हुन् । उनले अहिलेपनि पैसाको सेटिङ गर्नसक्नेहरुको क्रसर उद्योगमात्रै नवीकरण भएको र सञ्चालनमा रहेको आरोप लगाए ।

उनले भने,‘यही असार १ गतेदेखि नेपाल क्रसर खानी उद्योग महासंघले कानूनसम्मत् दर्ता भएका २०७७ को मापदण्डको कारण नवीकरण नभएपछि तत्काल नवीकरणको माग राखेर आन्दोलनमा उत्रिएको छ । आज ५ औं दिन । उहाँरुको न्यायिक आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता गर्दछु । नेपाल सरकारले उहाँहहरुको माग सुनुवाई गर्नुपर्छ । ०७९ माघ ११ गतेको मन्त्रिपरिषदण्को निर्णय कार्यान्वयन गराउन निर्देशनको माग गर्दुछु । अहिले गरिब, ऋण लिएकाहरुको उद्योग बन्द भएको छ । तर, सेटिङ मिलाउन जान्ने र पैसा बुझाउन जान्नेहरुको सञ्चालन भैरहेको छ । प्रधानमन्त्रीको सेटिङ छ । गृहमन्त्रीको संलग्नता छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot