Logo

जनकपुरको जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन सांसद झाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर क्षेत्रमा अतिक्रमणमा परेका जग्गा सरकारको मातहतमा ल्याउन माग गरेका छन् । ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले मधेशमा दिनानुदिन जग्गा अतिक्रमणका घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छ्न ।

‘जनपुरका सबै गुठीको जग्गा स्थानीय प्रशासन, पत्रकार, त्यहाँका मतियार र ठेकेदार सबै मिलेर लुट गर्दैछन् । त्यसमा सबै सरोकार र साझेदारहरूको ध्यानाकर्षण र जिम्मेवारपूर्ण कदमको लागि अनुरोध गर्दछु,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot