Logo

इलाम-१ मा पुनः निर्वाचन गराउन माग गर्दै झलनाथले दायर गरेको रिटमा सुनुवाई जारी



काठमाडौं,५ असार । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलाम-१ बाट पराजित नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पुनः मतदान गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी परेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासमा सो रिटमा सुनुवाई भईरहेको छ ।

नेकपा एकीकृत समाजवादीका नेता खनाल इलाम १ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए । उनी एमालेका मोहन बस्नेतसँग भारी मतले पराजित भएका थिए ।

पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनस् मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो । त्यसपछि सुनुवाइ हुन सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot