Logo

खेलकुदमन्त्रीको पीडा सुनाएपछि चित्रबहादुरले ओलीलाई भने–..बुझ्यौं कुरा तपाईंको साहेब (भिडिओसहित)



काठमाडौं, ५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको पीडा सदनमा सुनाएका छन् । आफूपनि एकपटक सहकारी मन्त्री भएको स्मरण गराउँदै अहिले खेलकुदमन्त्री श्रेष्ठले बोकेको पीडा आफूलेपनि बोकेको उनको भनाई छ । प्रतिनिधिसभको आजको बैठकमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘उहाँले राजीनामा खल्तीमा हालेर हिँडेको छु भनेर त्यसै भन्नुभएको छैन् । त्यो यथार्थ र उहाँको पीडा हो ।’ केसीले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादी पार्टीको जस्तो भयो र उनीहरुको क्षेत्रमा मात्रै गयो भनेर बोलेको विषयमा पनि टिप्पणी गरे । तर, अहिले बजेट हेर्दा त ओलीले अरुको मुख टाल्नको लागि यस्तो बोलेको प्रष्ट भएको उनको दाबी छ ।

उनले भने,‘सत्ता पक्षकै सांसदले बजेट फलानो पार्टीको मात्रै गयो भनेर सुन्दा त त्यस्तो भएछ क्यारे जस्तो मलाई लागेको थियो । हिजो यहाँ चाहीँ ठ्याक्क कुरा आउँदा, त्यो चाहीँ अरुले विरोध नगरुन् भनेर बोलिएको कुरा पो रहेछ । भित्र ढिँडो बाहिर भात, बुझ्यौं कुरा तपाईंको साहेब जस्तो कुरा पो रहेछ ।’ उनले अहिले नयाँ पिढीँ अत्यन्तै निराश रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot