Logo

बजेटको विरोध गर्दै कोशीमा प्रतिपक्षी दलले गरे बैठक बहिष्कार



काठमाडौं । कोशी प्रदेश सभामा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राप्रपाले बैठक बहिष्कार गरेका छन् । आज बसेको बैठकमा यी दुई दलले पदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका हुन् ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१–८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो । निर्धारित समयभन्दा ढिला प्रदेशसभा सञ्चालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यहरूले उभिएर विरोध जनाएका थिए ।

सभामुख विष्टको आग्रहपछि कांग्रेसका प्रदेशसभा सदस्य गोपाल तामाङ र राप्रपाका सबिना बजगाईंले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरिन् । उनीहरूले रातो किताबमा उल्लेखित बजेट र योजनाबाट निर्वाचनमा मतदातासामु गरेको बाचा पूरा नहुने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot