Logo

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन



मस्को, ५ असार । उत्तर कोरियाको भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गरेका छन् ।

उनले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गरेको रूसी सञ्चारमाध्यमले जर्नाका छन् ।

“युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं,” उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भने ।

प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरे ।

“रूस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्”, उनले भने ।

दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot