Logo

युरोकप फुटबलमा आज तीन खेल



काठमाडौं, असार ६ । युरोकप २०२४ मा आज तीन वटा खेल हुँदैछन् । आजको पहिलो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे स्लोभेनिया र सर्बियाबीच हुँदैछ । त्यस्तै राति पौने १० बजे डेनमार्क र इंग्ल्यान्ड तथा राति पौने १ बजे स्पेन र इटाली भिड्दै छन् ।

गएराति भएका खेलमा जर्मनी हङ्गेरीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । अर्को खेलमा स्वीट्जरल्यान्ड र स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै क्रोएसिया र अल्बानियाले पनि २–२ गोलको बराबरी खेलेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot