Logo

उच्च ब्याजदरमा चिनियाँ ऋण लिनुहुँदैन् : डा. पोखरेल



काठमाडौं, ६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. गोविन्दराज पोखरेलले उच्च ब्याजदरको चिनियाँ ऋण लिन नहुने धारणा राखेका छन् । उनले विश्व बैंंक, एशियाली विकास बैंककको मापदण्डअनुसार ऋण दिईएमात्रै नेपालले चिनियाँ ऋण लिनुपर्ने सुझाव दिए । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

बीआरआईको ऋण लिने कि नलिने ? भन्ने पत्रकार धमलाको प्रश्नको जवाफमा पोखरेलले भने–‘यसमा स्पष्ट छ ऋषिजी, हामीलाई जसरी विश्व बैंक, एशियाली विकास बैंकले जुन शर्तमा ३० वर्षमा तिर्ने, ४० वर्षमा तिर्ने पहिलो ५ देखि ७ वर्षमा तिर्न नपर्ने, औसत व्याजदर १ देखि २ प्रतिशतको बीचमा सेवा शुल्कसमेत गरी जुन तरिका छ, हामीले आँफैले टेण्डरिङ गर्ने, आयोजना र परियोजना हामीले आँफै छान्ने, त्यो शर्त यदि हामीले बहुराष्ट्रिय कम्पनीको शर्तमा यदि हामीलाई चीनले ऋण दिन्छ भने अनि हामीले छानेका आयोजना र परियोजनामा हामीले कार्यान्वयन गर्नेगरि दिन्छ भने केही फरक पर्दैन् । विश्व बैंक र एशियाली बैंकको मापदण्ड र प्रक्रियाअनुसार जसरी हामीले ऋण परिचालन गर्छौं, त्यही हिसाबले हुन्छ भने । यदि चीनले महँगो ब्याजमा लिनु अनि आयोजना उसैले छानिदिने र उसैले निर्माण गर्ने, इस्टिमेट उसैले गर्ने, डिजाईन उसैले गर्ने हो भने त्यस्तो ऋण चाहीँ हामीले लिनुहुँदैन्। अनुदान दिए जतिपनि लिने । तर, अघि मैले भनेजस्तो ऋण लिनुहुँदैन् ।’

उनले विश्व बैंक र एशियाली विकास बैंकको मापदण्डअनुसार ऋण दिईएमात्र लिन हुने नत्र लिन नहुने सुझाव दिए । उनले अहिलेको बजेटमा करिब ८ सय अर्ब बजेट नपुग्ने बताए । उनले देशको ऋण तिर्नको लागि पनि ऋण लिनुपर्ने अवस्था देखिएको सुनाए । उनले देशको विकास गर्नको लागि पनि भोलिको दिनमा ऋण चाहिने बताए । तर, ऋण कस्तो लिने भन्ने कुरा राजनीतिक नेतृत्वले निर्णय लिने कुरा भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्