Logo

दुर्गा प्रसाईंको स्वघोषणा : म डनहरूको पनि डन हुँ, माफियाहरूको पनि माफिया हुँ (भिडिओसहित)



काठमाडौं, ६ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू ठग नभएको स्पष्ट पारेका छन् । उनले देश बनाउने जिम्मा लिएकाहरु नै ठग भएको आरोप लगाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले असहाय, गरिबहरुको उपचार गर्ने आफू कसरी माफिया ? भन्दै प्रश्न गरे । विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्ने र शव ल्याउने मान्छे कसरी माफिया भन्दै आफ्नो प्रशंसा गरे । उनले भने,‘दुर्गा प्रसाईं माफिया हो, डनहरुको पनि डन हो । गुण्डाहरुको पनि गुण्डा हो । माफियाहरुको पनि माफिया हो । देश बनाउने माफिया हो ।’

उनले अहिले देशमा गुण्डाराज रहेको टिप्पणी गरे । उनले केपी ओलीहरु मान्छे काटेको कारण जेल परेको सुनाए । उनले राजाकै पालामा प्रचण्ड र बाबुरामहरुले १७ हजार मान्छे मारेको भएपनि जेलमा परे त ? भन्दै आक्रोशयुत्त प्रश्न तेर्साए । उनले राजाको पालामा पनि बोल्न पाईथ्यो भन्ने स्मरण गराए । उनले यो देश पृथ्वीनारायण शाहले आर्जेको देश भएको बताए । उनले राजा यो देशको शान भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्