Logo

बजेटमाथि माधव नेपालले पनि उठाए प्रश्न, सरकारको विकल्प नखोज्ने स्पष्टीकरण



काठमाडौं, ६ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बजेटबारे आलोचना गरेका छन् । उनले वैज्ञानिक आधारमा बजेट वितरण नगरिएको गुनासो पोखे । तर, बजेटबारे विमति रहेपनि तत्काल सरकारको विकल्प खोज्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारे ।

आज (बिहीबार) महोत्तरीको बर्दिवासमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारको विकल्पको विषयमा सोच्ने ठाँउमा छैनौं। असन्तुष्टीलाई चिर्नका लागि सत्ता गठबन्धनभित्रै बसेर छलफल गर्नुपर्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्