Logo

डा. रूपज्योतिका यी चार वटा कम्पनी बैंकको भूमिकामा, अरबौं ऋण प्रवाह गरेको आशंका !



काठमाडौं, ६ असार । व्यापारी डा. रूपज्योतिले आफ्ना व्यवसायिक कम्पनीहरुमार्फत ठूलो मात्रामा ऋण प्रवाह गरेको चर्चा चल्न थालेको छ । रूपज्योतिका मुख्य व्यवसायिक फर्महरु ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा.ली., नेपाल जेनरल मार्केटिङ प्रा.ली., सम्मा ईन्टरनेशनल होलिस्टिक सर्भिसेस प्रा.ली. र स्याकार कम्पनी प्रा.ली.बाट विभिन्न व्यवसायिक घरानामा समेत ठूलो मात्रामा ऋण प्रवाह भएको चर्चा चल्न थालेको छ ।

नेपाली बजारमा अहिले रूपज्योतिका ती कम्पनीले आफ्नो उद्देश्यअनुसार काम गर्नुको साटो बैंकको काम गरिरहेको भन्ने आरोप लाग्न थालेको छ । रुपज्योतिले ती चार कम्पनीबाट विभिन्न कम्पनीलाई लोन प्रवाह गरेका छन् । लोनपनि झण्डै अरबौं रुपैयाँ प्रवाह गरिएको स्रोतको दाबी छ । कतिपयले त रुपज्योतिले बैंकिङ कसुर आकर्षित हुनेगरि आफ्नो कम्पनीले गर्न नहुने काम ऋण प्रवाह गरेको स्रोतको दाबी छ ।

उनका ती कम्पनीबाट धापासीमा रहेको नेपालकै निजी क्षेत्रको कर्पोरेट हस्पिटल ग्राण्डी ईन्टरनेश्नलमा समेत ठूलो परिमाणमा ऋण प्रवाह भएको छ । ग्राण्डीमा उनको पनि लगानी रहेको बुझिएको छ । यस्तै, राजेन्द्र शाक्य नेतृत्वको गुण कम्पनीमा पनि रुपज्योतिले ठूलो मात्रामा ऋण दिएको बुझिएको छ । उनले आफ्नो कम्पनीलाई भने जुन उद्देश्य हो, त्यो अनुसार नचलाएको बरु ती कम्पनीलाई आवरणमा कम्पनी देखाएर भित्री रुपमा बैंकको रुपमा विकास गरेका छन् । त्यसरी ऋण प्रवाह गरेर ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा अहिले उनले मुद्दामामिला गरेका छन् ।

यसअघि उनीमाथि ठगीको पनि आरोप लागेको थियो । उनी पछिल्लोपटक विज्ञेन्द्रकृष्ण मल्लको उजुरीको कारण पक्राउसमेत परेका थिए । उता, आफ्नै दाजु पद्मज्योतिसँग पनि उनको राम्रो सम्बन्ध छैन् । रुपज्योतिसँग राजकाजको पनि अनुभव छ । उनी ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा अर्थ राज्यमन्त्री बनेका थिए । उनीमाथि नेपालमा कानूनले बर्जित गरेको सेरोगेसीको धन्दा चलाएको पनि आरोप लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्