Logo

जनता आवासको भुक्तानीको लागि दलित मोर्चाले तालाबन्दी गर्ने



काठमाडौं, ६ असार । दलित मोर्चाले जनता आवास कार्यक्रमको भुक्तानीको लागि तालाबन्दी गर्ने भएको छ । जनता अवास कार्यक्रमअन्तर्गत रौतहटको मौलापुर नगरपालिकामा निर्माणाधिन घरहरूको भुक्तानी एवम् पथरा बुधरामको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गराउन संघर्ष समिति मौलापुरले आज (बिहीबार) प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

आम दलित मोर्चाको अध्यक्ष ठागा दास, युवा नेता लखिन्दर यादव, मौलापुर नगर प्रवक्ता चन्देसवर बैठा, आम दलित मोर्चाको सह–इन्चार्ज बिरचन राम, आजपाको नेता लखिन्दर साह र आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साहलगायत नेताहरुद्वारा बुझाईएको ज्ञापनपत्रमा माग पुरा नभए यही आसार ११ गतेदेखि विकास पुर्वाधार कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्