Logo

बीआरआई लोनमा लिनुहुँदैन्, चिनियाँ ऋण लिईए देशमा जटिलता उत्पन्न हुन्छ : पूर्वमन्त्री यादव (भिडिओसहित)



काठमाडौं, ६ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले चिनियाँ परियोजना बेल्ट एण्ड रोड ईनिशिएटिभ (बीआरआई) ऋणमा लिन नहुने स्पष्ट पारेका छन् । नेपाल सरकारले बीआरआईमा सम्झौताको तयारी थालेको बेलामा पूर्वमन्त्री तथा सांसद यादवले भने बीआरआई लोनमा लिन नहुने सुझाव दिए ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने-“मेरो प्रष्ट कुरा हो कि बीआरआई लोनमा लिनुहँदैन् । पोखराको विमानस्थल चिनियाँ ऋणमा बनेको हो, खोई चलेको ? त्यो चल्दापनि चल्दैन् । त्यो त चीनको प्लानिङ हो कि यसलाई ऋण ब्याज होस, प्लेन पनि चल्दैन्, ईन्टरनेश्नलपनि हुँदैन् । ब्याजमा नै हुँदाखेरि भोलि चाहीँ चीन सरकारले त्यसलाई लिजमा लिने अनि यहाँ बस्ने योजना छ । यो मलाई लागेको कुरा हो । त्यसकारण बिआरआईअन्तर्गत ऋण लिनुहुँदैन् ।”

चीनले पनि अमेरिकाले एमसिसि कार्यक्रममार्फत नेपाललाई अनुदान दिएझैं अनुदान नै दिनुपर्ने उनको भनाई छ । बीआरआईको ऋण लिईए देशमा जटिलता उत्पन्न हुने पनि उनको भविष्यवाणी छ । उनले नेपाल सरकार भारत र चीनसँग सन्तुलित भएर अघि बढ्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot