Logo

युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा



काठमाडौं, असार ७ । युरोकप फूटबल २०२४ अन्तर्गत साविक विजेता इटालीलाई हराँउदै स्पेनले प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ ।

खेलको ५५औं मिनेटमा इटालीका रिचार्ड कालाफोरीले आत्मघाति गोल गर्दा स्पेनले भाग्यमानी सावित हुँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

त्यस्तै युरो कपको आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

१८औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा क्यास्पर ह्युमलन्डले उत्कृष्ट गोल गर्दै डेनमार्कका लागि खेलमा बराबरी गरेका थिए । यो नतिजापछि इङ्ल्यान्डको २ खेलमा ४ अंक भएको छ ।

युरो कपमा समूह बी अन्तर्गत आज दुई महारथी स्पेन र इटाली विच राति पौने १ बजे खेल हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्