Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं, असार ७ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसले आज संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । त्यस अघि २ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्