Logo

आज तीन वटा संसदीय समितिको बैठक बस्दै



असार ७ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत मध्यान्ह सवा १२ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा सङ्घका प्रतिनिधिहरूसँग छलफल हुनेछ ।

त्यस्तै, मध्यान्ह १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुनेछ । दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरानो संसद् भवनको पुनर्निर्माण सम्बन्धमा, निर्माणाधीन संसद् भवन निर्माणको प्रगति विवरण सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्