Logo

टिकटकको विकल्पमा आयो नयाँ नेपाली एप ‘नेप्ले’



काठमाडौं, असार ७ । आफ्नो सिर्जनशीलता देखाउन र मनोरञ्जन लिन उपयोगी कलाकारिताको ‘मिनी थिएटर’ मानिएको भिडियो एप ‘नेप्ले’आधिकारिक रूपमा सार्वजनिक भएको छ । विश्वव्यापी सामाजिक सञ्जालको अनुभवलाई स्थानीयकरण गर्ने टिकटक जस्ता एपबाट प्रेरणा लिई आफूलाई अभिव्यक्त गर्न, आफ्नो समुदायसँग जोडिन र नयाँ, आकर्षक सामग्रीहरू पत्ता लगाउन नेप्ले एप सार्वजनिग गरिएको हो ।

नेप्लेका कार्यकारी अधिकृत बिकिरण सिम्खडाका अनुसार नेपाली संस्कृतिलाई झल्काउने र समुदायको भावनालाई बलियो बनाउने सामाजिक भिडियो एपको ठूलो मागको आधारमा नेपालमा सार्वजनिक गरिएको नेप्ले एपमार्फत प्रयोगकर्ताहरुले भरपुर मनोरन्जन लिन सक्नेछन् । यसले नेपालीहरूलाई आफ्नो प्रतिभा देखाउन, आफ्नो कथा साझा गर्न, रमाइलो र अन्तरक्रियात्मक तरिकामा एकअर्कासँग जोडिन एउटा प्लेटफर्म प्रदान गर्ने उनले बताए।

नेप्लेले प्रयोगकर्तालाई उच्च–गुणस्तर र आकर्षक भिडियोहरू सिर्जना गर्न सक्षम बनाउँदै प्रयोगकर्ता मैत्री इन्टरफेस र सम्पादन उपकरणहरू रहेकाले एपमा आफ्नो भिडियोहरु अपलोड गर्न र साथीहरुलाई समेत शेयर गर्न सकिने उनले जानकारी दिए। सार्वजनिक एपमार्फत हाँस्यव्याङ्ग्य भिडियोदेखि नृत्य शृङ्खलासम्म र आश्चर्यजनक दृश्यदेखि र हृदयस्पर्शी क्षणहरू सम्मलाई आफ्नै विशिष्ट तरिकाले व्यक्त गर्न सकिनेछ ।

नेप्ले एपमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल इडिट गर्न, फोटो तथा भिडियो सजिलै अपलोड गर्न, ह्यासट्याट एण्ड मेन्सन गर्न, च्याट गर्न, धेरै भाषा छनौट गर्न र सोसल लगइन गर्न सकिने विशेषता रहेका छन् । यसको लागि प्लेस्टोरमा गएर नेप्ले एप निःशुल्क डाउनलोड गर्न सकिनेछ ।

निःशुल्क रुपमा नेप्ले एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्


यस्ता छन् नेप्लेका विशेषता

  • नेपालमा निर्मित, नेपालको लागि निर्मित नेप्लेले नेपाली संस्कृतिको सूक्ष्मताहरू बुझ्दछ र विशेष गरी स्थानीय रुचिहरू पूरा गर्नेछ ।
  • नेप्लेलाई नेपाली प्रतिभालाई चम्कन र फराकिलो नेपाली दर्शकसँग जोडिन एउटा मञ्चको रुपमा प्रयोग गर्न सकिनेछ ।
  • नेप्ले समूह सबै नेपालीहरूलाई स्वतन्त्र रूपमा आफूलाई व्यक्त गर्न सकारात्मक र समावेशी वातावरण सिर्जना गर्न प्रतिबद्ध छ।
  • आफ्नो नयाँ मौलिक गीत, कला, संस्कृती देखाउन, आफूलाई हास्य कलाकारको रुपमा प्रस्तुत गर्न, नेपालको सुन्दरता कैद गर्न रमाउन, आपन्त तथा धेरै भन्दा धेरै साथीभाईसँग जोडिन नेप्लेले डिजिटल प्लेटफर्म प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्