Logo

संयुक्त राष्ट्रसङ्घका विज्ञद्वारा इजरायलमा हतियार नपठाउन आग्रह



जेनेभा, ७ असार । संयुक्त राष्ट्रसङ्घका ३० भन्दा बढी विज्ञले बिहीबार राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद हस्तान्तरण गर्न रोक्न आह्वान गरेका छन् ।

हात हतियारको निर्बाध स्थानान्तरणले मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भई माववीय नरसंहारलगायत अन्तर्राष्ट्रिय अपराधमा राज्यको संलग्नताको जोखिम हुन सक्ने उनीहरूले बताएका छन् ।

हतियार बेच्ने लाइसेन्स भएका बिएई प्रणाली, बोइङ, क्याटरपिलर, जनरल डायनामिक्स र लकहिड मार्टिनजस्ता कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र मानव अधिकार परिषद्का कार्य समूहले संयुक्त वक्तव्य जारी गर्दै विश्व समुदाय तथा हतियार निर्मातालाई इजरायलमा हतियारलगायत अन्य सैन्य उपकरणको बिक्री र हस्तान्तरण रोक्न आग्रह गरे ।

कम्पनीहरूले इजरायली सेनालाई हतियार, पाटपूर्जा र गोलाबारुद पठाएर अन्तर्राष्ट्रिय मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनमा संलग्न हुने जोखिम रहेको विज्ञहरूले जनाएका छन् ।

जारी इजरायली सैन्य आक्रमण नागरिक तथा पूर्वाधारमा अन्धाधुन्ध आक्रमणको विषेशता भएको विज्ञहरूले उल्लेख गरेका छन् । उनीहरूका अनुसार इजरायलमाथि हतियार प्रतिबन्ध र लगानीकर्ताले निर्णायक कदम चाल्नुपर्ने आवश्यकता पहिलेभन्दा बढी जरूरी छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot