Logo

विनोद चौधरी ओली निवास बालकोटमा, सांगीतिक साँझको आयोजना (भिडिओसहित)



काठमाडौं, ७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरी एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । एमाले अध्यक्ष ओलीसँग सुमधुर सम्बन्ध बनाएका चौधरी आज साँझ ओली निवास बालकोट पुगेका हुन् । बालकोटमा आयोजित सांगितीक साँझमा चौधरी पनि सामेल भएका छन् ।

केपी शर्मा ओलीको नाममा रहेको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडिओमा कांग्रेस सांसद चौधरी पनि ओलीझैं पलेटीं कसेर बसेका छन् । एमालेबाट ओली पत्नी राधिका शाक्य, नेता लेखराज भट्ट, सांसद विजय सुब्बा र युवा नेता तथा ओलीको सहयोगी राजेश बज्राचार्य सांगितीक कार्यक्रममा सरिक थिए । कलाकारहरुले चरी लैजा समाचार बोलको गीत गाएका थिए ।

ओलीले फेशबुकमा लेखेका छन्-

चरी लैजा समाचार … !!
आज विश्व संगीत दिवस। बालकोटमा आज कलाकार भाइबहिनीहरू सुप्रिम मल्ल ठकुरी, इब्सल सञ्ज्याल, आयुष केसी लगायत आउनु भएको छ। हामी संगीतमा डुबिरहेका छौं।



प्रतिक्रिया दिनुहोस्

Screenshot