Logo

फेवातालमा डुबेर युवकको मृत्यु



काठमाडौं, असार ८ । फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ नौ डाँडाका २५ वर्षीय सञ्जय भण्डारीलाई शुक्रबार बेलुका तालबाट उद्धार गरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

शुक्रवार साँझ ५ बजेतिर तालमा डुबेका भण्डारीलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेर अस्पताल पु¥याएका थिए । पोखरा–६, लेक साइडको क्विन पार्कमा काम गर्ने भण्डारी अरू चार साथीसहित पौडी खेल्न गएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले चेकजाँचका क्रममा साँझ साढे ७ बजे मृत घोषणा गरेको हो। भण्डारीसँगै पौडी लेख्न गएका बाँकी चार जना सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्