Logo

कल्पना बिस्टको आवाजमा ‘हितको दौँतरी’ सार्वजनिक



काठमाडौं, असार ८ । सुरिलो स्वरकी धनी कल्पना नव गायिका कल्पना बिस्टको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । कल्पना बिस्टको आवाज, डा. बिष्णु मुर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको सङ्गीत रहेको ‘हितको दौँतरी’ बोलको गीत जेम्स बिसीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । जेम्स विसीको निर्देशनमा तयार पारिएको गीतको भिडियो एरेन्ज विशाल निरौलाले गरेका छन् भने रञ्जन राईले गीतको मिक्सिङ गरेका छन् । गीतको म्यूजिक भिडियामा बिस्टले नै अभिनय गरेकी छन् ।

बैतडीको सुनर्या गाउँपालिका-५ मा जन्मिएकी कल्पना यतिबेला नेपाली संगीतमा चम्किलो तारा बन्दै छिन्। पछिल्लो समय उनले स्वर दिएका गीतहरु युट्युबको ट्रेन्डिङमा छन्। उनलाई वसन्त थापा, विष्णु खत्री, नरेश जोगी, अलिफ खान, अर्जुन सापकोटा, नरेश खाती, सागर बीसीलगायत थुप्रै नेपाली संगीतमा क्षेत्रका चर्चित गीतकार तथा संगीतकारहरूले साथ दिइरहेका छन्। उनले यसअघि कल्पनाको ‘सानी सानी छु’, पैसो, ‘नाइँ न भन ल’, ‘हेर्दा त सोझी छ’, ‘नीलो गगन’, ‘मेरो दुःख मेरो पीडा’, ‘रोग लाग्यो बैँसको’ बोलको देउडा गीत, ‘ए परदेशी दाजै’ बोलका गीत गाइसकेकी छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot